काठमाडौं – गीतकार सुजन अनिमेष अधिकारीको शब्द रहेको ‘दुइ नम्बरी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा गोपाल सोनामको स्वर , दिपेन्द्र थिङ्गको संगीत रहेको छ भने उक्त गितको एरेन्ज राजन इशानले गरेका हुन ।
चित्लाङ्गको रमणिय स्थानमा छायांकन गरिएको भिडियोमा कमल सिङ ऐरी र रेजिना धमलालाई फिचर्ड गरिएको छ ।
मदन खड्काको निर्देशन रहेको भिडियोमा सुजन कोइरालाको सम्पादन तथा दिपक गिरीको छायांकन रहेको छ ।
गीतलाई जे के ब्रोस इन्टरटेन्ट्मेन्टको युटुबबाट सार्वजनिक गरिएको हो ।


