ओमान – ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपालले कतारलाई ५ रनले पराजित गरेको छ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनायो।
१४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा १४२ रनमै अलआउट भयो।
नेपालको जितमा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए ।
सन्दिप उक्त खेलको म्यान अफ द म्याच बन्दै जितका नायक समेत बने।


