माडिका लागी बिछ्याइएको भूमिगत केबुलमा रहेको समस्या पत्ता लगाइ, मर्मत गरिदै

एटुजेड समाचार

माडी, चितवन —माडी जाने रिउ खोला पुलदेखि करिब १५० मिटर जंगलपट्टि विध्युतको भुमिगत केबलमा समस्या रहेको पत्ता लागेको छ । सो समस्या पत्ता लागेसँगै मर्मत कार्य सुरु गरिएको नेपाल विध्यु प्राधिकरण चनौली वितरण केन्द्रले जनाएको छ ।

माडीमा बिजुली प्रवाह गर्न निकुञ्जभित्र बिछ्याइएको भूमिगत केबुलमा रहेको समस्या पत्ता लगाउन शनिवारसंगै आइतबार दिनभर विध्युत प्राविधिकहरु खटिएपनि समस्या रहेको ठाउँ पत्ता लाग्न सकेको थिएन भने सोमबार आज बिहान पत्ता लागे सँगै मर्मत कार्य सुरु भएको हो ।

विध्युतसेवा अवरुद्ध रहँदा माडीको जनजीवन प्रभावित हुनुका साथै नेपाल टेलिकमको मोबाइल र इन्टरनेट सेवा समेत अवरुद्ध रहेको छ । केबल मर्मत कार्य पूरा भएसँगै माडी क्षेत्रमा अवरुद्ध रहेको विध्यु आपूर्ति सुचारु हुने केन्द्रले जनाएको छ। स्वदेश न्यूज डेस्क

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु