भारत – तामिलनाडु अभिनेता तथा राजनीतिक नेतृत्त्व सम्हालिरहेका विजयको चुनावी सभामा शनिबार भएको भगदडमा ३९ जनाको ज्यान गएको छ।
मृतकमध्ये १७ महिला, १३ पुरुष, ४ बालबालक र ५ बालिका रहेका छन्। करिब ३० जनाको पोष्टमार्टम सम्पन्न भइसकेको र शव परिवारलाई हस्तान्तरण गरिएको जनाइएको छ।
यस घटनाप्रति दुःख व्यक्त गर्दै विजयले इन्स्टाग्राममार्फत मृतकका परिवारलाई प्रतिव्यक्ति २० लाख रुपैयाँ र घाइतेलाई २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
उनले यो रकम ठूलो क्षतिसँग तुलना गर्दा नगन्य भए पनि परिवारको सदस्यझैँ उभिनु आफ्नो कर्तव्य भएको उल्लेख गरेका छन्।


