चितवन – जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको चितवन जिल्ला अदालतले भोलिदेखी आंशिक सेवा सुरु गर्ने भएको छ ।
सोमबारदेखि बन्दीप्रत्यक्षीकरण निवेदनमा कार्वाही गरिने, म्याद थप, पक्राउ पुर्जी, सीडीआर समेतको सेवा सुरु गरिने अदालतका श्रेस्तेदार देवीराम भण्डारीले जानकारी दिनुभयो ।
अन्य नियमित सेवा, मुद्दा सुनुवाइ लगायतका काम कार्वाही अर्को सूचना जारी गरेर जानकारी दिइने भण्डारीले जानकारी दिनुभयो ।
प्रदर्शनकारीले आगजनी गर्दा अदालत भवन पुर्णरुपमा क्षती भएको छ । अदालतमा रहेका महत्त्वपूर्ण मिसिल, सर्भरलगायतमा क्षती पुगेको छ ।


