काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजको समयसीमा सकिँन लाग्दा पनि सामाजिक सञ्जाल दर्ता प्रक्रियामा कुनै प्रगति नभएको बताएको छ ।
मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले कुनै पनि सामाजिक सञ्जालले अहिलेसम्म दर्ता प्रक्रिया सुरु नगरेको बताए । यसअघि टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइट गरी पाँच प्लेटफर्म सूचीकरण भइसकेका थिए ।


