एकीकृत समाजवादीसँग एकताको आधार तय गर्न छलफल भइरहेको छ : प्रचण्ड

एटुजेड समाचार

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीसँग एकताको आधार तय गर्न प्रदेशगत रूपमा छलफल भइरहेको बताएका छन् ।

बुधबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले माओवादी र एकीकृत समाजवादीबीच प्रदेशगत रूपमा सहकार्यका लागि छलफल अगाडि बढाइरहेको बिफ्रिङ गरेका छन् ।

प्रचण्डले आजको बैठकमा वाग्मती र कोसीमा भएको छलफलको बिफ्रिङ गरेका थिए । वाग्मतीभन्दा कोसीमा छलफल सकारात्मक भएको, त्यहाँ सहकार्य अझै बढी सजिलो हुनेबारे बिफ्रिङ गरेको एक नेताले जानकारी दिए । “एकताको आधार तय गर्न छलफल भइरहेको छ । वाग्मतीभन्दा कोसी प्रदेशको छलफल सकारात्मक भएको छ,” बैठकमा प्रचण्डले भने ।

बिहीबार माओवादीको स्थायी कमिटी बैठक बोलाइएको छ । बैठकमा समाजवादी मोर्चा, पार्टी एकता लगायतका विषयलाई एजेन्डा बनाइएको छ ।

प्रचण्डले बैठकमा भने, “शीर्ष तहमा मात्रै एकता भन्ने कुरा गरेर हुँदैन, तल्लो तहबाटै एकताको प्रयास गर्नुपर्छ, त्यसैले सहकार्यका लागि तल्लो तहबाटै छलफल चलाइरहेका छौँ ।”

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु