पुर्ण गुरुङको अध्यक्षतामा सितोरियो कराते संघ भरतपुरको नयाँ कार्यसमिति चयन

एटुजेड समाचार

भरतपुर – नेपाल सितोरियो कराते संघ भरतपुर महानगर समितिको अध्यक्षमा पुर्णबहादुर गुरुङ चयन भएका छन् । संघको आज (शनिबार) समपन्न विशेष साधारण सभाबाट गुरुङको अध्यक्षता सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

संघको वरिष्ट उपाध्यक्षमा वौद्ध लामा, उपाध्यक्षमा ईश्वरी कंडेल, सचिवमा छवि रमण तिमिल्सिना, सह-सहचिवमा आशिष ढकाल र कोषाध्यक्षमा पार्वती गुरुङ चयन भएका छन् ।

यस्तै सदस्यहरुमा दुर्गा कुमाल, नानसिंग घर्ती, सन्तोष ठाकुर, हिरा लामा, तृपिक्रम सापकोटा, प्रमिस तामाङ, नरेश खत्री, निक्षा थापा मगर, सुजन मगर, रिया थापा, सुजन मगर, सुजिता गुरूङ र सुरज विक रहेका छन् ।

संघको प्रमुख सल्लाहकारमा ज्वाला कुमार भण्डारी तथा
सल्लाहकारहरुमा जंग बहादुर थिङ र गुञ्ज वीर राना रहेका छन् । कार्यक्रम जिल्ला खेलकुद बिकास समिति चितवनका अध्यक्ष राजन कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्की संघको संस्थापक अध्यक्ष समेत हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु