श्याम बि.क
चितवन – सरकारले सुनचाँदी व्यवसायमा लागू गरेको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले सर्वपक्षीय भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा चितवन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय हरि ढकालको विशेष उपस्थिति रहेको थियो।



त्यस्तै, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, पूर्व अध्यक्ष राजन गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका जिल्ला अध्यक्ष कृष्णप्रसाद भुसाल, उपभोक्ता मञ्च चितवनका वरिष्ठ उपाध्यक्ष प्रेमप्रसाद गैरेलगायतको सहभागिता रहेको थियो।
संघका अध्यक्ष हेमबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष उत्सव खाती बिकको पहलमा आयोजित भएको थियो भने महासचिव गोपाल थापा बिकले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रमका वक्ताहरूले सुनचाँदी क्षेत्रमा बिलासिता कर र १३ प्रतिशत अभिवृद्धि कर (भ्याट) लगाइनु व्यवसायी तथा उपभोक्ता दुवैका लागि अन्यायपूर्ण भएको उल्लेख गर्दै, सो निर्णय तत्काल खारेज गर्न सरकार समक्ष जोडदार माग गरे।


