पोखरा – पोखरामा टिप्परको ठक्करले एक महिलाको ज्यान गएको छ । पोखरा २२ पुम्दी भुम्दीको बगालटारीमा टिप्परले ठक्कर दिँदा गम्भीर घाइते भएकी स्याङ्जा फेदीखोलाको सर्केटारीकी ४२ वर्षीया मिना क्षेत्रीको उपचारको क्रममा ज्यान गएको हो ।
पोखराको छोरेपाटनबाट पुम्दी भुम्दी तर्फ जाँदै गरेको ग १ ख ३४४५ नम्बरको टिप्परले सोही दिशा तर्फ जार्दै गरेको ग २६ प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक मिना क्षेत्री गम्भीर घाईते भएकी थिइन ।



प्रहरी र स्थानियले उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा) पुर्याइएकी उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ ।
जिल्ला ट्राफिक कार्यालय कास्कीका अनुसार टिप्पर चालक र टिप्पर प्रहरीको नियन्त्रणमा रहेको छ । घटना आज दिउसो करिब १२ः३० बजे भएको हो। उक्त दुर्घटना भए पश्चात केही समय सडक अबरुद्ध भएको थियो ।