गायिकाद्वय एलिना र समीक्षाले गर्न थाले अभद्र कमेन्ट गर्ने प्रयोगकर्ताको प्रोफाइल सार्वजनिक

एटुजेड समाचार

काठमाडौं – गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल सार्वजनिक गर्न थालेका छन्।

व्यक्तिगत सम्मानमा ठेस पुग्ने अपाच्य शब्द प्रयोग गरी कमेन्ट र म्यासेज गर्नेहरूलाई उनीहरूले फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै आएका छन्।

कतिपय प्रयोगकर्ताले माफी मागेको समेत उनीहरूले उल्लेख गरेका छन्। चौहानले लेखेकी छन्, “कमेन्टको अत्याचार धेरै भयो, अब पालैपालो पोस्ट गर्छु।” साथै, उनीहरूले कानुनी प्रक्रिया अघि बढाउने चेतावनी पनि दिएका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु