इरानमा रहेका नेपाली र श्रीलंकाकाली नागरिकलाई पनि भारतले उद्धार अभियानमा समेट्ने

एटुजेड समाचार

काठमाडौं – इरानमा रहेका नेपाली र श्रीलंकाकाली नागरिकलाई पनि भारतले सञ्चालन गरिरहेको उद्धार अभियानमा समेट्ने भएको छ।

नेपाल र श्रीलंका सरकारको अनुरोधमा इरानमा अलपत्र परेकाहरुलाई भारतले उद्धार अभिायानमा समेट्न लागेकाे हाे ।

इरानस्थित भारतीय दूतावासले आज सामाजिक सञ्जाल एक्समा सार्वजनिक सूचना जारी गर्दै नेपाली तथा श्रीलंकाली नागरिकलाई उद्धार सहायता प्रदान गरिने जानकारी दिएको हो।

सम्पर्क गर्न सकिने आपतकालीन नम्बरहरू +989010144557, +989128109115; +989128109109 उपलब्ध गराएको छ ।

दूतावासले नागरिकलाई टेलिग्राम च्यानल वा ती नम्बरहरू मार्फत छिटो सम्पर्क गर्न अनुरोध गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु