चितवनमा बस र इभी गाडी ठोक्किँदा ७ जनाको मृत्‍यु, २४ जना घाइते (पुरा विवरणसहित )

एटुजेड समाचार

चितवन – चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ खहरेपुल स्थित पूर्व–पश्चिम राजमार्गमा बस र इभी गाडी एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन् ।

आज (शनिबार) बिहान १०:१५ बजेको समयमा धनगढीबाट काँकडभिट्टा तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इभी गाडी एकआपसमा ठोक्किएका थिए ।

भरतपुर अस्पतालमा उपचारको क्रममा पाँच जना र पुरानो मेडिकल कलेजमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएकाे छ ।

भरतपुर अस्पतालमा मृत्यु हुनेमा मकवानपुर हटिया–३ का ५५ बर्षिय सोम प्रसाद रुपाखेती, हेटौंडा–५ की ५३ बर्षिया मैंया कुमारी न्यौपाने पहाडी, हाल नामथर नखुलेको अन्दाजी १९ की महिला, नामथर नखुलेकी अन्दाजी २५ बर्षिया महिला र हाल नामथर नखुलेकोअन्दाजी २३ बर्षिय पुरुष रहेका छन् ।

पुरानो मेडिकल कलेजमा नामथर वतन नखुलेकी अन्दाजी ३५ बर्षिया गर्भवती महिला र हाल नामथर नखुलेको अन्दाजी ४० बर्षिय पुरुषको मृत्‍यु भएको हो ।

घाइते २४ जनाको भरतपुरका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । जसमा एलाईभ अस्पताल भरतपुरमा चार जना घाइतेहरुको उपचार भइरहेको छ । घाइतेहरुमा मकवानपुर हेटौंडा–१३ का १६ बर्षिय सक्षम थापा (मध्यम), हेटौंडा–१२ का ३२ बर्षिय सिंहबिर घलान (मध्यम), हेटौंडा–४ का ३१ बर्षिय बिष्णु लम्साल (मध्यम) र हेटौंडा–८ की ३४ बर्षिया गंगा घलान (गम्भिर) रहेका छन् ।

पुरानो मेडिकल कलेजमा ४ जनाको उपचार भईरहेको छ । उपचाररत घाइतेहरुमा झापा गौरादह नगरपालिका–९ की अन्दाजी ६५ बर्षिया सुशीला बराल (मध्यम), सोहि ठाउँ की ६७ बर्षिया उमा बराल (सामान्य), कञ्चनपुर बेलौरी नगरपालिका–४ का ४८ बर्षिय वीरबहादुर जैसी (मध्यम), रुकुम पश्चिम आठबिस्कोट नगरपालिका–९ का ३० बर्षिय सन्देश ओली (सामान्य) रहेका छन् ।

यस्तै चितवन मेडिकल कलेजमा उपचाररत १६ जना घाइतेको उपचार भईरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जसमा अछाम जिल्ला साफे बगर नगरपालिका १० का ३२ बर्षिय अर्जुन बहादुर राउत, कैलाली लम्कि चुवा नगरपालिका ८ का ४५ बर्षिय जम बुढा, कञ्चनपुर पूरनवास नगरपालिका ६ की ७० बर्षिया चन्द्रकुमारी थापा, झापा गौरदह नगरपालिका ६ की ७० बर्षिया टिका न्यौपाने, कञ्चनपुर पूरनवास नगरपालिका ६ बस्ने बर्ष ६९ को जम बहादुर थापा रहेका छन् ।

यस्तै कैलाली गोरीगगा नगरपालिका ११ बस्ने वर्ष ३२ को सुरेश बोगटी, कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने वर्ष ३७ को लोकेन्द्र बुढा, कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने बर्ष ४८ को बल सिंह वुढा, रौतहट चपुर नगरपालिका ७ बस्ने वर्ष ४५ को वुलटन साह कानु, मकवानपुर बकैया गाउपालिका ४ बस्ने वर्ष २६ की अनिसा घिमिरे रहेका छन् ।

यस्तै कालिकोट पलाता गाउपालिका ४ बस्ने वर्ष ५३ को रत्न बुढा, झापा दमक नगरपालिका ८ बस्ने बर्ष ८३ की लक्ष्मी पौडेल, झापा मेचि नगरपालिका १५ बस्ने बर्ष २३ को प्रवेश सौरेन, सप्तरी राजविराज नगरपालिका ५ बस्ने वर्ष ५६ को श्रीचन्द्र राय, कैलाली गोदावरी नगरपालिका ४ बस्ने वर्ष ३४ को महेश चौधरी र मोरङ बेलबारी नगरपालिका ७ बस्ने वर्ष २७ को सुमन चौधरी रहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु