काठमाडौं – कुशल भुर्तेलको अर्धशतक मदतमा नेपालले स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलामा दोस्रो जित निकालेको छ । ग्लास्गोमा बिहीबार भएको खेलमा नेपालले नेदरल्याण्ड्समाथि ६ विकेटको प्रभावशाली जित हात पारेको हो ।
नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।


