लेट्स टकको ८९ औँ शृङ्खलामा ‘मैले पढेको पुस्तक’

एटुजेड समाचार

चितवन – लेट्स टकको ८९ औँ शृङ्खलामा ‘मैले पढेको पुस्तक’ कार्यक्रम गरिएको छ । बागेश्वरी असल शासन क्लब चितवनसँगको सहकार्यमा शनिबार भरतपुरमा आयोजित कार्यक्रममा ४ जना पाठकले आफूहरुले पढेका किताबको चर्चा गरे ।

कार्यक्रममा रिवाज अर्यालले वसन्त बस्नेतको उपन्यास ‘सिमसारा’, तेजेन्द्र रानाले डाक्टर भेषबहादुर थापाको ‘राष्ट्र परराष्ट्र : एकतन्त्रदेखि गणतन्त्रसम्म’, अपिल घिमिरेले रमेश भुसालको ‘छालबाटो’ र सुजाता देवकोटाले पत्रकार घनश्याम खड्काको ‘आनन्द संहिता’ किताबको चर्चा गरे ।

समालोचक उदय अधिकारीले चार जना पाठकको समीक्षात्मक टिप्पणीमाथि मन्तव्य राखे । सहभागी शून्य नयनले आफूले पनि नियमितरूपमा किताब पढिरहेको बताउँदै कार्यक्रममा प्रस्तुत टिप्पणी राम्रो लागेको बताए । कार्यक्रमलाई लेट्स टकका संयोजक आकाश पौडेलले सहजीकरण गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु