भरतपुरमा केआईइसि चितवन कन्सल्टेन्सी सञ्चालनमा

एटुजेड समाचार

चितवन – विदेशमा अध्ययनको लक्ष्य बोकेका विद्यार्थीहरूका लागि शिक्षा परामर्श सेवा प्रदान गर्ने उद्देश्यका साथ “केआईइसि चितवन” कन्सल्टेन्सीले आजदेखि आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ। भरतपुर लायन्सचोकस्थित कन्सल्टेन्सीको उद्घाटन समारोह गर्दै आजबाट औपचारिक सुरुवात गरेको हो।

निर्देशक अच्युतराज भट्ट र प्रमुख कार्यकारी राजेन्द्र रिजालको नेतृत्वमा सञ्चालनमा आएको यो संस्थाले अमेरिका अष्ट्रेलिया, फ्रान्स, जर्मनी, नेदरल्याण्ड, कोरिया, क्यानडा र बेलायतजस्ता मुलुकमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि मार्गदर्शक बन्ने उद्देश्य राखिएको बताइएको छ।

उद्घाटन अवसरमा बोल्दै निर्देशक भट्टले इमानदारी, पारदर्शिता र विद्यार्थीमैत्री सेवाको आधारमा संस्था सञ्चालन हुने बताए। युवाहरूको क्षमता र रुचिअनुसार सही निर्णय गर्न सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै उनले केआईइसि चितवनले विद्यार्थीहरूलाई गन्तव्य तथा विषय छनोट, आवेदन प्रक्रिया, भाषा परीक्षा तयारी, भिसा निवेदन, आवश्यक कागजात व्यवस्थापनदेखि अन्तर्वार्तासम्मको सम्पूर्ण प्रक्रियामा सहयोग पुर्याउने बताए।

 कार्यक्रममा शिक्षाविद्, अभिभावक, समाजसेवी, विद्यार्थी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले संस्थाको उद्देश्यको प्रशंसा गर्दै युवाहरूलाई विदेशमा सुरक्षित, व्यवस्थित र सफल अध्ययन यात्रा सुनिश्चित गर्न केआईइसि चितवनको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु