अक्सफोर्ड कलेज गैडाकोट र बेलायतको ब्रिट एजुकेशन एण्ड ट्राभल लिमिटेड बिच शैक्षिक साझेदारीका लागी  सम्झौता

एटुजेड समाचार

गैडाकोट –  नवलपुर, गैंडाकोट स्थित नेपालकै प्रतिष्ठित अक्सफोर्ड कलेजले बेलायतको ब्रिट एजुकेशन एण्ड ट्राभल लिमिटेड सँग शैक्षिक साझेदारीका लागी  सम्झौता गरेको छ ।
सम्झौता पत्रमा बेलायतकै प्रतिस्ठित शैक्षिक संस्था ब्रिट एजुकेशन एण्ड ट्राभल लिमिटेडका तर्फबाट संस्थापक तथा डाइरेक्टर सोसलान सालामोभ र अक्सफोर्ड कलेज गैंडाकोटका तर्फबाट प्राचार्य प्राध्यापक डा‍‍.हरि भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।

जसले बेलायतका विश्वविद्यालयहरू सँगको सम्पर्क र व्यवस्थापन मार्फत विद्यार्थीलाई मास्टर्स तहसम्मको पढाइमा सहजता प्रदान गर्दै आएको छ ।

सम्झौताले बेलायतका विश्वविद्यालयमा मास्टर्स तहको अध्ययनका लागि मार्गनिर्देशन प्रदान गर्नुका साथै आईटी इन्जिनियरिङ, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट मा अध्ययन गर्न चाहने विद्यार्थीलाई सहज पहुँच पुयाएको अपेक्षा लिइएको छ ।

त्यसैगरी  शिक्षक र विद्यार्थी आदानप्रदान कार्यक्रम, अनुसन्धान तथा संयुक्त प्रकाशनमा सहकार्य, दुरशिक्षा प्रणालीमार्फत अध्ययन-अध्यापन तथा विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय गोष्ठी, सेमिनार र कार्यशालामा सहभागिता जनाउन सक्ने अक्सफोर्ड कलेजका प्राचार्य प्रा. डा. हरि भण्डारीले बताउनुभयो ।

प्रचार्य हरि भण्डारीले भन्नुभयो , “हामीले शिक्षा केवल कक्षाभित्र सीमित गर्न चाहँदैनौं । हाम्रो उद्देश्य नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनु हो । यो सम्झौता अक्सफोर्ड कलेजको अर्को उपलब्धि हो, जसले हाम्रा विद्यार्थीलाई घरमै बसेर विश्वस्तरीय अवसरसँग जोड्नेछ । ” बेलायतमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अब प्रक्रिया थप व्यवस्थित, पारदर्शी र सहज हुने अपेक्षा गरिएको छ। कलेजको अन्तर्राष्ट्रिय पहुँचले अभिभावकहरूमा पनि सुरक्षा र भरोसाको वातावरण सिर्जना गरेको छ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु