हावाहुरीले देवघाटमा पिपलको रुख ढल्दा बस, अटो र मोटरसाइकलमा क्षति

एटुजेड समाचार

चितवन –  आज (बिहिबार) साँझ आएको हावाहुरीका कारण चितवनको भरतपुर महानगरपालिका १ देवघाटमा पिपलको रुख ढलेको छ ।

रुख ढल्दा रोकिराखेको बसमा पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । यस्तै ल सोही ठाउँमा रोकिराखेको अटो र मोटरसाइकलमा समेत क्षति पुगेको छ । हावाहुरीका कारण चितवनका अन्य स्थानहरुमा पनि क्षति पुगेको छ । त्यसकारण विभिन्न ठाउँहरुमा बिधुत् समेत अवरुद्ध भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु