कावासोती नगरपालिकाभित्र भ्रष्टाचार भएको भन्दै कारवाहीको माग

एटुजेड समाचार

कावासोती – कावासोती नगरपालिकाभित्र भ्रष्टाचार भएको भन्दै कारवाहीको माग गरिएको छ। विभिन्न राजनीतिक दल तथा सामाजिक संस्थाका प्रतिनिधिहरूले नगरपालिकाभित्र रहेका भ्रष्टाचार र बेथिति भएको भन्दै कारवाहीको माग गरेका हुन्।

कावासाेती नगर प्रमुख विष्णुप्रसाद भुषाललाई संयुक्त ज्ञापनपत्र बुझाउँदै उनीहरूले ध्यानाकर्षण गराएका हुन्। स्थानीय युवासहित नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी नयाँ शक्ति, भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान, नागरिक बचाऊ अभियानका प्रतिनिधिहरूले बुझाएकाे ज्ञापनपत्रमा लेखिएकाे छ, ‘बिना सूचना, बिना प्रतिस्पर्धा, निजामति सेवा ऐन, नियमावली, कानुन कार्यविधि र निर्देशिका बमेजिम नगरी नेपाली जनताकाे सूचनाकाे हकलाई लत्याएर आर्थिक चलखेल गरी ठूला संख्यामा सोझै नियुक्ति दिइ हाजिर गराई तलबभत्ता दिने काम गरिएकाे प्रति घोर भर्त्सना गरिन्छ।’

नगरपालिकाको सुरक्षा आप्रवासन परियोजना (एसएएमआइ)अन्तर्गत कर्मचारी भर्ना गर्दा नगरपालिकाले अपनाउनु पर्ने ऐन, नियम, कार्यविधि र प्रकृयागत अगाडि बढ्न पनि सुझाव दिएका छन्। नगरकाे प्रमुख प्रशासकिय अधिकृत र संस्थाकाे कर्मचारीकाे सामुहिक रूपमा नियुक्ति दिलाई कर्मचारी भर्ना गरिएको भन्दै विरोध गरेका हुन्।

जिल्ला प्रशासन नवलपरासी र अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग बुटवल बाेधार्थ रहेकाे ज्ञापनपत्रमा तत्काल ति कर्मचारीहरूको नियुक्ति खारेज गरी पुनःनीति नियम, प्रक्रियाद्वारा अर्को सूचना टाँस गरी कर्मचारी नियुक्ति गर्नुपर्ने उल्लेख छ।

नगरपालिकामा सुरू भएको ‘शहरी शासकिय परियोजना’ अन्तर्गतको बजेटद्धारा निर्माण समाग्री खरिद प्रक्रियामा कमिशनको खेलमा लागि निर्माण सामाग्री खरिद नगरी सोझै २० लाख रुपैयाँको अनियमितता गरी भ्रष्टाचार गरेको तथ्य बारे मिति २०८२ बैशाख १४ गते नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा जनताले उक्त भ्रष्टाचार गरेको सत्य तथ्यबारे प्रश्न उठाई छानविनको माग गरेकाे थियाे।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु