पुष्पाञ्जली हस्पिटलले मनायो १७औँ अस्पताल दिवस, ल्यायो आरोग्य प्याकेज

एटुजेड समाचार

चितवन – गुणस्तरीय स्वास्थ्य सेवाको लागि परिचित पुष्पाञ्जली हस्पिटलले विरामी तथा सेवाग्राहीलाई लक्षित गर्दै आरोग्य प्याकेज घोषणा गरेको छ । भरतपुर महानगरपालिका– १०, बालमन्दिररोडमा रहेको पुष्पाञ्जली हस्पिटलले १७औँ अस्पताल दिवसको अवसर पारेर मंगलबार आयोजना गरेको कार्यक्रमबीच प्याकेज ए, प्याकेज बी र प्याकेज सी घोषणा गरेको हो ।

प्याकेज ए अन्तर्गत र्‍याण्डम ब्लड सुगर, क्रिटिनाइन, लिपीड प्रोफाइल, इसिजी, युरिन रुटिन र चिकित्सक परामर्श हुनेछ । प्याकेज बी अन्तर्गत युएसजी एबीडी एण्ड पेल्भिस, टीएसएच, सिबीसी समेतका परीक्षण हुनेछ । प्याकेज सी अन्तर्गत एसजीपीटी, एसजीओटी, एचबीएवानसी, पीएफटी र छातीको एक्सरे सुविधा रहेको अस्पतालका प्रबन्ध निर्देशक सुजन अधिकारीले जानकारी दिए । प्याकेज ए का लागि एक हजार पांँच सय, प्याकेज बी का लागि तीन हजार र प्याकेज सी का लागि ६ हजार रुपैयाँ कायम गरिएको छ ।

गत वर्षदेखि नयांँ भवनमा सरेको पुष्पाञ्जली हस्पिटलले अत्याधुनिक अप्रेसन थिएटर, आइसीयु, ल्याब सुविधा, न्युरो सर्जन सुविधा दिन सक्षम रहेको प्रबन्ध निर्देशक अधिकारीले बताए । यो प्याकेज सुविधा लिन छुट सम्झौता भएका संस्थाका सदस्यहरु र आमनागरिकको हकमा आफ्नो जन्मदिन खुल्ने कागजपत्र हुनुपर्नेछ ।

अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले नयांँ वर्षसंँगै अस्पताल १७ वर्ष पुगेको अवसरमा सय बेड र त्यसका लागि आवश्यक सबै भौतिक संरचनासहित प्रविधियुक्त भएको जानकारी दिए । चितवनमै दक्ष न्युरोलोजिष्टसहित अस्पतालले न्यूरो सर्जन सेवा शुरु गरिएको डा. अधिकारीले बताए । दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण सेवासहित पुष्पाञ्जली हस्पिटल चितवनको नमुना अस्पताल भएको डा. अधिकारीको भनाइ छ । जनतासंँग अस्पताल कार्यक्रम अन्तर्गत हालसम्म चार सयभन्दा बढी ठाउंँमा स्वास्थ्य शिविरको आयोजना गरिसकिएको अस्पतालले जनाएको छ ।

अस्पतालका नवनियुक्त न्युरोसर्जन डा. कुमार पौडलले न्युरो सम्बन्धी उपचारका लागि काठमाडौं जाने बाध्यता हटाउने बताए । पुष्पाञ्जली हस्पिटलको राम्रो टीमसंँग काम गर्न पाउंँदा खुशी लागेको बताउंँदै उनले गुणस्तरीय सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।

अस्पतालका सामाजिक इकाई प्रमुख केदार सुवेदीले अस्पतालले एक वर्षमा गरेका शिविर तथा अन्य संस्थासंँग गरिएका सम्झौताका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा अस्पतालका सल्लाहकार संयोजक एवं शिक्षाविद् चिरञ्जीवी श्रेष्ठ र सल्लाहकार सदस्य लक्ष्मण अर्यालले अस्पतालको टीमले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम अस्पतालका अध्यक्ष चेतनाथ वाग्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू