चितवन केक हाउसको शाखा भरतपुरको सप्तगण्डकी चोकमा

एटुजेड समाचार

चितवन – चितवन केक हाउसले भरतपुर १० स्थित सप्तगण्डकी रोडमा नयाँ शाखा सन्चालनमा ल्याएको छ । बिगत ५ बर्षदेखी रत्ननगर नगरपालिका २ टाडीमा रहेको केक हाउसले आज (सोमबार) बाट सप्तगण्डकी रोडमा अर्को शाखा सन्चालनमा ल्याएको हो ।

केक हाउसको आज कलाकार सुगम पोख्रेल, लोकदोहोरी गायक अर्जुन सापकोटा र रचनाकार सन्तोष सापकोटाको उपस्थितमा उद्घाटन गरिएको हो ।

रत्ननगर केक हाउस सन्चालनमा ल्याएको ५ बर्षमा भरतपुरबाट पनि ग्राहकहरुको राम्रो माग र प्रतिकृया आएपछी ग्राहकलाई मध्यनजर गरेर भरतपुरमै अर्को शाखा सन्चानमा ल्याएको केक हाउस संचालक एकान्त प्रेमीले बताए ।

उद्घाटनको अवसरमा पसलमा आज आउने ग्राहकहरुलाई केक खरिदमा ५० प्रतिशत छुट दिएको बताउदै कुपन वितरण गरेको उनले बताए । कुपन पाएका गाहकहरुले तीन महिना भित्र एक पटक केक किन्न आउँदा ५० प्रटिशत छुट पाउनेछन् ।

केक हाउसमा ४ सय देखी १५ सय मुल्य सम्मका सबै किसिमका अर्डर अनुसार विभिन्न फ्लेबरका भेज तथा ननभेज केकहरु पाईने उनले बताए । दाजुभाईले सन्चालन गरेको उक्त केक हाउसमा ४ जना युवालाई रोजगार समेत दिएका छन् ।

साथै केक पसल उद्घाटनको अवसरमा आज रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । जसमा १५ जनाले रक्तदान गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू