पूर्वराजा ज्ञानेन्द्रको शुभकामना सन्देशप्रति एमालेको आपत्ति

एटुजेड समाचार

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को अवसरमा जारी गरेको शुभकामना सन्देशप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।

सोमबार बसेको सचिवालय बैठकपछि बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधिहरुबारे समीक्षा भएको बताए ।

शाहद्वारा आइतबार सार्वजनिक भिडियो सन्देशप्रति आपत्ति जनाउँदै उनले शाहमा अझै पनि प्राप्त उपलब्धि उल्ट्याउन सकिन्छ कि भन्ने सोच जीवितै रहेको निष्कर्ष निकालेको बताए ।

उनले वैशाख ११ गतेलाई गणतन्त्रको उत्सवको रुपमा मनाउने निर्णय गरेको जानकारी दिए ।

उनले निरङ्कुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक बिजारोपण गरिएको दिन भएकोले त्यो दिनलाई सेलिब्रेसनका रुपमा भव्य कार्यक्रम आयोजना गर्ने ज्ञवालीले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू