थुनामुक्त गर्न माग गर्दै रविले दायर गरेको निवेदनको सुनुवाइ सकियो

एटुजेड समाचार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको निवेदनमा सुनुवाइ सकिएको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ सकिएको सर्वोच्च प्रशासनले जनाएको हो ।

हाल भैरहवा कारागारमा रहेका लामिछाने गत शुक्रबार मात्रै आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन दर्ता गराएका थिए । लामिछानेका तर्फबाट उनकी श्रीमती निकिताले निवेदन दर्ता गराएकी थिइन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू