चितवन – नेपालको प्रगतिवादी साहित्यकी मूर्धन्य व्यक्तित्व पारिजातको ३०औँ स्मृति दिवसको अवसर पारेर नारायणी मावि भरतपुरमा आइतबार प्रगतिवादी साहित्यबारे बहस गरिएको छ । साहित्य सङ्गम चितवन र प्रगतिशील लेखक सङ्घ नेपाल, चितवन शाखाले भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानसँगको सहकार्यमा कार्यक्रम आयोजना गरेका हुन् ।
‘नेपाली प्रगतिवादी साहित्यको मीमांसा’ विषयक कार्यक्रममा प्रगतिवादी साहित्य र पारिजातका बारेमा सामूहिक बहस गरिएको थियो । लेखक एवं पत्रकार सूर्यप्रकाश कँडेलले सहजकर्ताको भूमिका निर्वाह गरेको उक्त बहसमा वक्ताहरु कवि एवं राजनीतिक विश्लेषक सरिता तिवारी र कवि एवं निबन्धकार अनिल श्रेष्ठ थिए ।
साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रगतिशील लेखक सङ्घ नेपाल, चितवन शाखाकी अध्यक्ष उषा तिवारीले स्वागत मन्तव्य राखेकी थिइन् । प्रलेस चितवनका सचिव अर्जुन अर्यालले सञ्चालन गरेको उक्त कार्यक्रममा भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति ईन्द्र रेग्मी, साहित्यकार कर्ण बानिया, कवि विपिन पाठक, लेखक तेज कार्कीलगायतले पनि बोलेका थिए ।