के तपाईलाई थाहा छ, चुकन्दर खाँदा हाम्रो स्वास्थ्यमा कस्तो फाईदा पुग्छ ?

एटुजेड समाचार

के तपाईले चुकन्दर खानु भएको छ ? हेर्दा रातो देखिने चुकन्दर खानुभएको भए यसको स्वाद तपाईलाई पक्कै थाहा होला ।

चुकन्दर पोषणले भरिपूर्ण तरकारी हो । यसको पात र जरा दुवै पोषणयुक्त हुन्छ । यसमा भिटामिन, प्रोटिन, कार्बोहाइड्रेट जस्तो पोषक तत्त्व पाइन्छ । यसमा कोशमा भएको क्षतिसँग लड्ने एन्टिअक्सिडेन्ट्स पनि हुन्छ । यसको सेवनले मुटुको रोगसम्बन्धी जोखिम कम गर्छ । सबै उमेर समूहका लागि चुकन्दर उत्तिकै फाइदाजनक मानिन्छ ।

यस्ता छन्, चुकन्दरका फाइदा

चुकन्दरले क्यान्सर र अन्य खाले रोगविरुद्ध शरीरलाई सुरक्षा दिन्छ ।

यसमा भरपुर मात्रामा फोलेट भिटामिन पनि पाइन्छ ।

Forbes

यसले हर्ट स्ट्रोकको खतरा कम गर्छ ।

यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ ।

यसको सेवनले छाला स्वस्थ हुन्छ ।

रक्त प्रवाहमा सुधार आउँछ ।

चुकन्दरको जुस खाँदा दिमाग पनि स्वस्थ रहन्छ ।

शरीरमा रगतको कमी पनि हट्छ ।

यसबाट कब्जियतको समस्या पनि टाढा भाग्छ ।

हर्मोन उत्पादनमा सहयोग पुर्‍याउछ,

–शरीरमा अक्सिजनको वृद्धि भइ मस्तिष्कले राम्ररी काम गर्न सहयोग पुर्‍याउछ,

–चुकन्दरले अल्झाइमर हुनबाट बचाउँछ,

–रक्तचाप बढी भएका व्यक्रिले चुकन्दर खादाँ रक्तचाप नियन्त्रण हुन्छ,

–हृदयघातको जोखिमबाट बचाउँछ,

–शरीरमा रगतको कमी हुन दिदैन,

–रक्तअल्पता हुनबाट बचाउँछ,

–गर्भवती महिलाको लागि निकै फाइदाजनक मानिन्छ

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु