चितवन – समाजवादी मोर्चाको प्रदर्शनमा सहभागी हुन चितवनबाट नेकपा माओवादी केन्द्रका समर्थकहरु काठमाडौं प्रस्थान गरेका छ्न् । चैत १५ गते भोलि हुने प्रदर्शनका लागि उक्त टोलि आज सांझ नै चितवनबाट काठमाडौं प्रस्थान गरेका हुन्न ।
सो प्रदर्शनका लागि चितवनबाट १० हजार बढी समर्थकहरु सहभागी हुन लागिएको नेकपा माओवादी केन्द्र चितवन जिल्ला संयोजक रामचन्द्र अधिकारी (आर.सी) ले बताए ।
यस्तै भरतपुरबाट मात्रै ४ हजार समर्थकहरु सहभागी हुन लागिएको नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर कमिटीका अध्यक्ष ईश्वर सापकोटा सुमनले बताए ।
मोर्चाले प्रदर्शनका लागि राजधानीका विभिन्न स्थानबाट शान्तिबाटिकामा ११ बजे भेला हुने र त्यहाँ एकीकृत भएर भृकुटी मण्डपमा पुगी सभामा परिणत हुने तय गरेको छ।
प्रदर्शनमा १ लाख शुभेच्छुक र समर्थक उतार्ने समाजवादीको लक्ष्य रहेको मोर्चा का नेता महेन्द्र राय यादवले जानकारी दिए ।


मोर्चाको नारामा भ्रष्टाचारको विरोध, सुशासन, रोजगारीको विषय लगायत समेटिएको छ।