अर्घाखाँची – शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । अर्घाखाँचीबाट नवलपरासीतर्फ जाँदै गरेको लु २ ख ३०३ नम्बरको बस ओरालोमा सडकबाट तल खसेको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा रुपन्देही बुटवल उपमहानगरपालिका–८ बस्ने ५५ वर्षीय जमुना बस्याल, नवलपरासी पश्चिम भुमही बस्ने अन्दाजी ४५ वर्षीया उमा न्यौपाने र ६५ वर्षीया उमाकी सासु (नाम नखुलेकी) रहेका छन् ।
त्यस्तै पश्चिम बर्दघाट बस्ने वर्ष ५० का बस चालक मदनकुमार विक रहेको प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए । उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडाले मृत घोषणा गरेको छ ।