नेपाल पत्रकार महासंघको स्थापना दिवसका अवसरमा चितवन शाखाले रक्तदान कार्यक्रम गर्ने

एटुजेड समाचार

चितवन – नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम गरिने भएको छ । यहि चैत १६ गते (शनिबार) महासंघको स्थापना दिवसका अवसरमा चितवन शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

रक्तदान कार्यक्रम क्षेत्रिय रक्त सञ्चार कार्यलय, जनस्वास्थ्य कार्यालयमा  चितवन, ब्लड डोनर्स सोसाईटी नेपालको सहकार्यमा शनिबार बिहान ७ः३० बजे नेपाल पत्रकार महासंघ चितवन शाखाको कार्यालयमा हुने छ ।

पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्तराज पराजुलीले रक्तदान जस्तो पुण्य कार्यक्रममा सहभागी भइदिनुहुन सम्पूर्ण पत्रकार  महासंघका  सदस्य तथा सर्वसाधरणहरुमा अनुरोध गरेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू