नुनको अत्यधिक सेवन हाम्रो स्वास्थ्यका लागि गम्भीर खतरा

एटुजेड समाचार

बजारिया खाना रेस्टुरेन्ट फुड तथा प्रशोधित खाद्य पदार्थको प्रयोग बढेसँगै नुनको मात्रा नियन्त्रणभन्दा बाहिर जान थालेको छ । विशेषतः चाउमिन, मःम, फ्राइड चिप्स तथा अन्य प्रशोधित खाद्य पदार्थ अत्यधिक नुनयुक्त हुने गर्छन् । यस्तो खानाबारे सुरुमै सचेत भइएन भने निकट भविष्यमा उच्च रक्तचाप, मुटुरोग र मिर्गौलासम्बन्धी रोगको दर उल्लेखनीय रूपमा वृद्धि हुन सक्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, वयस्क व्यक्तिले दैनिक पाँच ग्राम (१ चिया चम्चा) भन्दा बढी नुन खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । अधिकांश व्यक्तिहरू दिनभरि प्रशोधित खाना, फास्ट फुड तथा बाहिरका खानाहरू सेवन गर्दा यसभन्दा बढी नै सेवन गरिरहेका हुन्छन् ।

नुनको मुख्य तत्त्व सोडियम हो, जसले शरीरमा पानीको सन्तुलन कायम राख्न मद्दत गर्छ तर अत्यधिक सोडियम सेवन गर्दा शरीरको पानी धारण गर्ने क्षमता बढ्छ, जसले रक्तचाप वृद्धि गराउँछ । उच्च रक्तचापको अवस्था लामो समयसम्म रहिरहेमा मुटु, मिर्गौला, मस्तिष्क, र हड्डीसम्बन्धी गम्भीर रोग निम्तिन सक्छन् ।

नुन सेवन नियन्त्रण गर्न धेरै देशहरूले सरकार स्तरबाट विभिन्न नीति तथा कार्यक्रम लागू गरेका छन् ।

बेलायतमा प्रशोधित खाद्य पदार्थमा नुनको मात्रा घटाउन नीति बनाइएको छ । जापानमा नागरिकलाई नुन कम गर्ने बानी बसाल्न सचेतनामूलक अभियान चलाइन्छ । फ्रान्समा प्याकेज्ड खाना उत्पादक कम्पनीहरूलाई नुनको मात्रा घटाउन कानुनी नियम लागु गरिएको छ ।

Forbes

अस्ट्रेलियामा रेस्टुरेन्ट तथा फास्ट फुड चेनहरूलाई नुनको मात्रा न्यूनतम राख्न निर्देशन दिइएको छ । हामी आफैँले सचेत भएर नुनको मात्रा नियन्त्रण गर्न सक्छौँ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु