चितवन – रोटरी क्लब अफ चितवन र स्पाउज क्लब अफ आरसी चितवनको सम्युक्त आयोजनामा भरतपुर अस्पतालको कपडा बैंकलाई आज एक कार्यक्रमबिच कपडा हस्तान्तरण गरिएको छ ।
रोटरी क्लब अफ चितवनका अध्यक्ष भानु शर्मा र स्पाउज क्लब अफ आरसी चितवनकी अध्यक्ष पार्बती बगाले सुवेदीले संयुक्तरुपमा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण पौडेल र अस्पताल बिकास समितिका अध्यक्ष राजु पौडेललाई करिब ३०० थान कपडा हस्तान्तरण गरिएको थियो ।
भरतपुर अस्पतालमा उपचारका लागि आउने सेवाग्राही एवं कुरुवाहरुलाई कपडा नपाएर समस्या नपरोस् भन्ने ध्ययेले कपडा बैंक सन्चालित छ ।
कार्यक्रममा रोटरी क्लबका पुर्वअध्यक्षहरु राजु पौडेल, रोशन पिया, दिपक प्रधान, स्पाउज क्लबका उपाध्यक्ष जानकी शर्मा, सचिव अर्पणा श्रेष्ठ, कोषध्यक्ष सीता अधिकारी, पूर्वअध्यक्ष योगिता पिया, सदस्य सरु गैरे, रोशनी प्रधानको उपस्थिति थियो ।