चितवन – स्पाउज क्लब अफ नारायणगढ रोटरीले लङ्कुमा अवस्थित मानव सेवा आश्रममा आश्रित अभिभावकलाई एक छाक भोजनको व्यवस्था गरेको छ ।
स्पाउज क्लबका सदस्य सङ्गीता श्रेष्ठ तथा नारायणगढ रोटरी क्लबका पूर्व अध्यक्ष विशाल श्रेष्ठको वैवाहिक वर्षगाँठको उपलक्ष्यमा भोजन सेवा उपलब्ध गरिएको क्लबका अध्यक्ष इन्दु राजभण्डारी श्रेष्ठले बताइन् ।
कार्यक्रममा रोटरी क्लब अफ नारायणगढका पूर्व अध्यक्ष रोहितकुमार श्रेष्ठ, स्पाउज क्लबका संस्थापक अध्यक्ष शान्ति उपाध्याय पौडेल र सदस्य राजकुमारी श्रेष्ठको उपस्थिति रहेको संयोजक दुर्गा श्रेष्ठले बताइन् ।