तोलामा २ हजार २ सय रुपैयाँले बढ्यो सुनको भाउ

एटुजेड समाचार

काठमाडौं – नेपाली बजारमा आज सुनको भाउ तोलामा २ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ हजार २ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

मङ्गलबार छापावाल सुनको भाउ तोलामा १ हजार ९ सय रुपैयाँले बढेर १ लाख ६४ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर १ हजार ९ सय ७५ रुपैयाँ कायम भएको छ । मङ्गलबार चाँदीको भाउ प्रतितोला १ हजार ९ सय ३० रुपैयाँ कायम भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू