गैँडाकोट – कावासोती नगरपालिका–१, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का वडाध्यक्ष तवारक अहमद मियाँको हृदयाघातका कारण निधन भएको छ ।
शनिबार दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा सहभागी भइरहेका बेला हृदयाघातका कारण निजको मृत्यु भएको युवा संघका केन्द्रीय सदस्य मदन गिरीले बताए ।
राष्ट्रिय युवा संघ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट ओर्लिएका उनी त्यहीँ लडेका थिए । उनलाई तत्काल चितवन मेडिकल कलेज लगिएकामा चिकित्सकले मृत घोषित गरेका थिए ।
३७ वर्षीय उनका श्रीमती, तीन छोरी र एक छोरा छन् ।
राष्ट्रिय युवा संघ नेपाल नवलपुरका सहसचिव समेत रहेका उनी स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट निर्वाचित भएका थिए ।


