राजकीय पद ग्रहण गरेका सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपाको माग

एटुजेड समाचार

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजकीय पद ग्रहण गरेका सबै नेताको सम्पत्ति छानबिन गर्न न्यायिक आयोग गठन गर्नुपर्ने माग गरेको छ ।

प्रतिनिधि सभाको पाँचौ अधिवेशनलाई सम्बोधन गर्दै रास्वपाका उपसभापति समेत रहेका प्रतिनिधि सभा सदस्य डा.स्वर्णिम वाग्लेले रवि लामिछानेलाई संसदीय समितिले रकम अपचलनमा प्रत्यक्ष संलग्नता नभएको प्रतिवेदन बुझाउँदा पनि सरकार उनलाई जसरी पनि फसाउने नियतमा लागेको भन्दै यस्तो माग गरेका हुन् ।

सांसद वाग्लेले भने, ‘नेपालको जाँचबुझ आयोग ऐन, २०२६ छ । हाम्रो एउटा चिरस्थायी माग हुनेछ, नेपालको जाँचबुझ आयोग ऐन अन्तर्गत पूर्व प्रधान न्यायाधीश वा न्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग अब गठन हुनुपर्नेछ । सबै राजकीय पद ग्रहण गरेका नेताको सम्पत्ती छानबिन गर्ने गरेर अब हामी अगाडी जानुपर्नेछ ।’

सांसद वाग्लेले अहिले चलन चल्तीमा रहेका सबै काण्डको पनि एक एक छानबिन समिति बनाउनुपर्ने रास्वपाको माग रहेको बताए ।

उनले भने, ‘अहिले चलन चल्तीमा आएका सबै काण्डको पनि अब एक एक गरेर संसदीय छानबिन समिति माग्नेवाला छौ । भुटानीदेखि कम्बोडियावालासम्म, वाइडबडीदेखि एनसेलसम्म, बालुवाटारदेखि गिरीबन्धुसम्म । यी सबैको छिनोफानो अब हामीले गर्नुपर्नेछ ।’

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु