अदालत हाजिर हुन भैरहवा पुगे रवि

एटुजेड समाचार

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवा पुगेका हुन् ।
बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि अदालत हाजिर हुन उनी मंगलबार भैरहवा गएका हुन् ।
बुद्ध एयरको विमानमार्फत मंगलबार दिउँसो उनी भैरहवा पुगेका हुन् ।भैरहवास्थित होटल मेरि गोल्डमा लामिछानेले पार्टीका कार्यकर्तासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनी भैरहवाको देवकोटा चोकस्थित मेरिगोल्ड होटलमा बास बस्ने रास्वपा रुपन्देहीका अध्यक्ष डा. बुद्धि प्रसाद शर्माले जानकारी दिए ।
रास्वपा स्रोतका अनुसार भोलि (बुधबार) उनी अदालत हाजिर हुनेछन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रञ्जीतसिंह राठौरले लामिछाने भोलि बुधबार आफैं अदालतमा उपस्थित हुने बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू