फेरि बढ्यो सुन र चाँदीको मूल्य

एटुजेड समाचार

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु