चर्चित कथावाचिका देवी प्रतिभालाई भरतपुर महानगर प्रमुख दाहालले गरिन् स्वागत

एटुजेड समाचार

चितवन – चितवनको देवघाटमा सुरु भएको देवघाट महामहोत्सवमा कथावाचनको लागि आइपुगेकी चर्चित कथावाचिका देवी (प्रतिभा पराजुली) लाई भरतपुर महानगरपालिकाले स्वागत गरेको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले देवी प्रतिभालाई महानगरमा स्वागत गरेकी हुन् । स्वागत गर्दै दाहालले देवी प्रतिभा देशको गौरव भएको उल्लेख गर्दै अझै प्रगतिको कामना गरिन् । भरतपुर महनगरले जनचाहना अनुरुपको विकासका कामलाई प्राथमिकता दिएको उल्लेख गर्दै दाहालले भरतपुर क्षेत्रको प्रचार र प्रवर्दनमा भुमिका खेल्न आग्रह पनि गरिन्

सो अवसरमा देवी प्रतिभाले भरतपुर आउने बित्तिकै विकासको गति देखेर आफू खुशी भएको प्रतिक्रिया दिईन् । उनले मेयर दाहाललाई सधै जनताको प्यारो बन्न शुभकामना पनि दिएकी थिईन् ।

देवघाट महामहोत्सवका परिकल्पनाकार इश्वरकृष्णजी महाराजले देवी प्रतिभा र भरतपुरकी मेयर रेनु दाहाल दुवै यो युगको शक्तिशाली व्यक्तित्व भएको उल्लेख गर्दै देश विकासमा ठूलो भूमिका खेलेको चर्चा गरेका थिए ।

देवी प्रतिभाले अब १० दिनसम्म देवघाटमा कथाकथावाचन गर्ने कार्यक्रम रहेको महामहोत्सवका संयोजक डा. केशव भुर्तेलले जानकारी दिए । देवघाटधाममा मातापिता आश्रम निर्माणको लागि माघ ३० गतेसम्म देवघाट महामहोत्सव चल्नेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू