अग्निको भस्ममा अविचल बुद्ध

क्यालिफोर्नियाको भूमिमा डढेलोको आगो फैलियो
सपना र महल सबै खरानीमा बिलिन भयो
न झुप्रो बाँकी रह्यो न महलको शान
प्रकृतिको अघि झुकेको छ सारा संसारको मान

डढेलोको चपेटामा विलीन भयो संसार
अँगालोमा खरानी हरायो पहिचान प्यार
आँधिका लहरमा अटल शान्ति मुस्कान
बुझाउन खोज्दैछ मान्छेलाई त्यही पुरानै ज्ञान

तर आगोबीच अविचल बुद्धको स्वच्छ छवि
शान्त मुस्कानले दिइरहेछ प्रेम र सत्यको शक्ति
दुनियाँ जल्न सक्छ सत्य कहिल्यै झुक्दैन
अग्निको लप्कामा पनि ज्ञानज्योति कहिल्यै निभ्दैन

चारैतिर धुवाँ छरिएको काला बक्ररेखा
तर बुद्धको आँखा भित्र मात्र शान्तिको लेखा
न निन्दा, न आँसु केवल मौन प्रतिरोध
अग्निको बीचमा शान्तिका सन्देशको प्रबोध

नष्ट नहोस् मनको मन्दिर नडगाओ शान्ति
किनकि खरानीभित्रै हुन्छ पुनर्जीवनको क्रान्ति
जलिसकेको धरातल समयको क्रूर चोट
तर बुद्धको प्रतिमा उभियो भै अनन्त आशाको स्रोत

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू