भरतपुरका थुनुवालाई पढाउन पुस्तक व्यवसायीले दिए पुस्तक

एटुजेड समाचार

चितवन – नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन शाखाले महासंघको १९ औँ स्थापना दिवसका अवसरमा भरतपुरस्थित जिल्ला प्रहरी कार्यालयलाई करिव २०० थान किताब उपलब्ध गराएको छ ।

महासंघका केन्द्रीय उपाध्यक्ष सरोज मास्के, चितवन शाखाका पूर्वअध्यक्ष पंकज अग्रवाल, सल्लाहकार महेन्द्र कोइरालालगायतको उपस्थितिमा उपाध्यक्ष वीरबहादुर न्यौपानेले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोलाई किताब उपलब्ध गराएका हुन् ।

विभिन्न कारणबाट प्रहरी हिरासतमा रहेका थुनुवाहरूलाई यी किताबमार्फत समय व्यवस्थापन, सकारात्मक परिवर्तन साथै चेतना अभिवृद्धि गराउन मद्दत पुग्ने कार्यक्रम संयोजक राममणि अधिकारीले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू