चितवन – सवारी दुर्घटनामा गम्भीर घाइते भएका नारायणगढका युवा व्यवसायी रमेश गैरेको उपचारको क्रममा आज साँझ निधन भएको छ । नारायणगढको कमलनगरमा चस्मा पसल सञ्चालन गर्दै आएका ३८ बर्षीय युवा व्यवसायी गैरेको उपचारको क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो ।
माडी नगरपालिकामा लायन्स क्लब अफ नारायणगढ प्रोफेसनलको आयोजनामा भएको न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रममा सहभागी भएर फर्कने क्रममा चितवन निकुञ्जको जंगलमा भएको कार दुर्घटनामा गैरे गम्भीर घाइते भएका थिए ।
गैरेका बुबा, आामा, श्रीमती, र तीन छोराहरु छन् । गैरेको निधनले परिवार शोकमा डुबेको छ ।