रोटरी क्लब अफ गैँडाकोटद्वारा अस्पताललाई शैय्या सहयोग

एटुजेड समाचार

गैँडाकोट – माघको दोस्रो सातादेखि सञ्चालनको तयारीमा रहेको गैँडाकोट आधारभूत अस्पताललाई रोटरी क्लब अफ गैँडाकोटले पाँच वटा शैय्या सहयोग गरेको छ ।

गैँडाकोट नगरपालिका वडा नं. ५ मा रहेको गैँडाकोट स्वास्थ्यचौकीमा मंगलबार आयोजित एक कार्यक्रममा रोटरी क्लब अफ गैँडाकोटले पाँच वटा शैय्या सहयोग गरेको हो ।

गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रोटरी इन्टरनेशल नेपालका एसीस्टेन्ट गभर्नर अशोककुमार बस्नेत विशिष्ट अतिथि थिए ।

प्रमुख अतिथि अधिकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत रोटरी क्लबले गरेको सहयोगको प्रशंसा गरे । उनले अस्पतालमा रोटरीले सहयोग गरेकोमा धन्यवाद दिए ।

क्लबका अध्यक्ष रमेश काफ्लेको अध्यक्षतामा भएको कार्यक्रम सचिव गोविन्द कँडेलले सञ्चालन गरेका थिए । कार्यक्रममा क्लबका पूर्वअध्यक्ष तथा भरतपुर अस्पतालका चिकित्सक डा. प्रमोद पौडेलले स्वागत मन्तव्य राखेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू