सन् २०२५ मा गर्मी अझै बढ्ने

एटुजेड समाचार

जेनेभा – संयुक्त राष्ट्रसङ्घले सोमबार जलवायु परिवर्तनले सन् २०२४ मा चरम मौसम र रेकर्ड तापक्रम ल्याएको भन्दै विश्वलाई ‘विनाशको बाटोबाट’ पछि हट्न आग्रह गरेको छ।

राष्ट्रसङ्घीय मौसम र जलवायु एजेन्सीले एक दशकको अभूतपूर्व गर्मीलाई समेट्दै बिदा हुन लागेको यो वर्ष अहिलेसम्मकै सबैभन्दा तातो वर्षका रूपमा रेकर्ड हुने भएको बताएको छ।

यसैबीच विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)का अनुसार हरितगृह ग्यासको उत्सर्जन नयाँ रेकर्ड उचाइमा पुगेको छ र यसले भविष्यका लागि अझै बढी गर्मी सुनिश्चित गरेको छ।

‘मौसमी घटनाहरूको बढ्दो घटना र प्रभावका रूपमा करिब दैनिक रूपमा जलवायु परिवर्तन हाम्रो आँखा अगाडि देखापरिरहेको छ,’ डब्लुएमओका महासचिव सेलेस्टे साउलोले भने, ‘यस वर्ष हामीले रेकर्ड तोड्ने वर्षा र बाढीका घटनाहरू र धेरै देशमा भयानक जनधनको क्षति देख्यौँ, जसले हरेक महादेशका समुदायहरूलाई हृदयविदारक बनायो।’

‘उष्णकटिबन्धीय चक्रवातहरूले भयानक मानव र आर्थिक क्षति निम्त्यायो, हालसालै हिन्द महासागरको फ्रान्सेली विदेशी विभाग मायोटमा यस्तै भएको थियो,’ उनले भने, ‘तीव्र गर्मीले दर्जनौँ देशलाई पोल्यो, धेरै अवसरमा तापक्रम ५० डिग्री सेल्सियस (१२२ डिग्री फरेनहाइट) सम्म पुग्यो। डढेलोले विनाश मच्चायो।’

Forbes

सन् २०१५ को पेरिस जलवायु सम्झौताले विश्वव्यापी तापक्रमलाई पूर्व–औद्योगिक स्तरभन्दा दुई डिग्री सेल्सियसभन्दा कम र सम्भव भएमा १.५ डिग्री सेल्सियसभन्दा कममा सीमित गर्ने लक्ष्य राखेको थियो।

नोभेम्बरमा डब्लुएमओले जनवरी–सेप्टेम्बरको औसत सतहको तापक्रम सन् १८५० र सन् १९०० को बीचमा मापन गरिएको पूर्व–औद्योगिक औसतभन्दा १.५४ डिग्री सेल्सियस रहेको बताएको थियो।

यसले सन् २०२४ लाई सन् २०२३ मा कायम भएको रेकर्डलाई पार गर्ने बाटोमा सजिलै राखेको छ।

मानवजातिले ठूलो मात्रामा जीवाश्म इन्धन जलाउन सुरु गरेयता गत वर्ष तापक्रम औद्योगिक क्रान्तिभन्दा पहिलेको भन्दा १.४५ डिग्री सेल्सियस बढी तातो थियो। यो समाचार नागरिक दैनिकमा छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु