चितवन – भरतपुर निवासी कैलाश कोइरालाको दोस्रो उपन्यास ‘शास्त्र’ बजारमा आउने भएको छ । कोइरालाले गत वर्ष उपन्यास ‘राजव्यूह’ बजारमा ल्याएका थिए ।
चितवनको राजनीतिमा परिचित कोइराला पछिल्लो समय लेखनमा सक्रिय छन् । नेपाली कांग्रेस जिल्ला समितिको उपसभापति भइसकेका कोइरालाले उनको पहिलो उपन्यास राजव्यूहमा राजनीतिका दाउपेचबारे लेखेका छन् । दोस्रो उपन्यास शास्त्रको बारेमा लेखकले सार्वजनिकरुपमा केही उल्लेख गरेका छैनन् ।
शास्त्र उपन्यासलाई शिखा बुक्सले प्रकाशन गरेको हो । यस पुस्तकको विमोचन पुस ५ गते काठमाडौँमा हुँदैछ ।