फिफा विश्वकप–२०३० ६ देशमा हुने

एटुजेड समाचार

काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय फिफाको आयोजनामा विश्वकप–२०३० ६ देशमा हुने भएको छ । फिफा कंग्रेसले विश्वकपको यो संस्करण आयोजना अधिकार युरोपका दुई देश स्पेन र पोर्चुगलसँगै अफ्रिकी मुलुक मोरोक्कोलाई सुम्पिने निर्णय गरेको छ ।तर, सन् २०३० मा विश्वकप आयोजना सुरु भएको १००औँ वर्ष पुग्ने भएकाले उक्त संस्करणका सुरुआती तीन खेल तीन फरक दक्षिण अमेरिकी मुलुकले आयोजना गर्ने फिफाले जनाएको छ । त्यसानुसार उक्त संस्करणका सुरुआती तीन खेल उरुग्वे, अर्जेन्टिना र पराग्वेमा हुनेछ ।

फिफाका अनुसार प्रतियोगिताको उद्घाटन खेल उरुग्वेको राजधानी मन्टेभिडियोमा हुनेछ । दोस्रो खेल अर्जेन्टिना र तेस्रो खेल पराग्वेमा हुनेछ । यसपछिका बाँकी सबै खेल स्पेन, पोर्चुगल र मोरोक्कोमा सञ्चालन हुनेछ ।फिफा विश्वकपको पहिलो संस्करण सन् १९३० मा उरुग्वेको मन्टेभिडियोमा भएको थियो ।यस्तै, फिफाको उक्त बैठकबाट सन् २०३४ को विश्वकप आयोजना अधिकार साउदी अरेबियालाई प्रदान गर्ने निर्णय समेत गरिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू