मेरो किनमेलले बिराटनगरमा सेवा विस्तार गर्दै

एटुजेड समाचार

बिराटनगर – अनलाइन खाना डेलिभरी प्लेटफर्म मेरो किनमेलले आफ्नो सेवा क्षेत्र विस्तार गर्दै बिराटनगरमा सेवा सुरू गर्न लागेको छ। यो सेवा भोलि मंसिर ३० (डिसेम्बर १५, २०२४) बाट औपचारिक रूपमा सञ्चालनमा आउने छ। बिराटनगरसहित अन्य प्रमुख सहरहरूमा पनि सेवा विस्तार गर्दै कम्पनीले ग्राहकहरूको लागि छिटो र सहज सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।

ग्राहकहरूले मेरो किनमेलको मोबाइल एप्लिकेसन र वेबसाइट (merokinmel.com) प्रयोग गरी सजिलै खाना अर्डर गर्न सक्नेछन्। यो प्लेटफर्ममा स्थानीय परिकारदेखि अन्तर्राष्ट्रिय परिकारसम्मका विकल्प उपलब्ध हुनेछन्। साथै, अर्डरको स्थिति ट्र्याक गर्ने, नगद र डिजिटल वालेटमार्फत भुक्तानी गर्ने सुविधाले सेवा अझ प्रभावकारी बनाइएको छ।

हाल मेरो किनमेलले चितवन, हेटौंडा, बुटवल, भैरहवा, र वीरगञ्जमा सेवा दिँदै आएको छ। बिराटनगरमा सेवा शुरू भएपछि, ग्राहकहरूले स्थानीय रेस्टुरेन्ट, बेकरी, र ग्रोसरी स्टोरबाट छिटो र भरपर्दो रूपमा अर्डर गर्न सक्नेछन्। कम्पनीले निकट भविष्यमा ग्रसरी र अन्य आवश्यक सामग्रीको डेलिभरी सेवा पनि सुरू गर्ने योजना सार्वजनिक गरेको छ।

देशव्यापी रूपमा आफ्नो सेवा क्षेत्र विस्तार गर्ने योजनासहित मेरो किनमेलले ग्राहकहरूको आवश्यकता पूरा गर्दै नयाँ–नयाँ सुविधाहरू थप्दै जाने बताएको छ। ग्राहकहरूले मोबाइल एप्लिकेसन डाउनलोड गरी यो सेवा उपयोग गर्न सक्नेछन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू