पत्रकार महासंघ निर्वाचन : चितवनमा खस्यो ८७ प्रतिशत मत

एटुजेड समाचार

चितवन – नेपाल पत्रकार महासंघको एक्काइसौँ महाधिवेशन अन्तर्गत शुक्रबार भरतपुरमा पत्रकारहरूको मतदान सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार ८७ प्रतिशत मत खसेको छ ।

पत्रकार महासंघको चितवन शाखामा २५५ जना सदस्य छन् । २२३ जनाले मतदान गरेका छन् । मतदान केन्द्र तोकिएको चितवन उद्योग संघ परिसरमा दिउँसो ४:३० बजेसम्म मतदान चलेको थियो ।

केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि देशैभरि मतदान सम्पन्न भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु