ग्रीनल्याण्डद्वारा आयोजित हाजिरीजवाफमा पोलार स्टार पहिलो

एटुजेड समाचार

चितवन – ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुर–१२ को आयोजनामा सम्पन्न अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा पोलार स्टार ईंग्लिस स्कुल प्रथम भएको छ । ग्रीनल्याण्ड पब्लिक स्कुलले ३० औं वार्षिकोत्सवको अवसरमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा सनराईज ईंग्लिस बोर्डिङ स्कुल दोस्रो भएको छ । प्रेरणा ईंग्लिस स्कुल तेस्रो र होलीभिजन ईंग्लिस बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गरेको ग्रीनल्याण्डका सहप्राचार्य उपेन्द्र आचार्यले जानकारी दिए । प्रतियोगितामा चितवनका २५ संस्थागत विद्यालयहरु सहभागी थिए ।

भरतपुर मेट्रो प्याब्सनका अध्यक्ष मिनराज बस्ताकोटी प्रमुख अतिथि रहेको कार्यक्रम स्कुलकी प्राचार्य ईन्दिरा पन्त कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो । विजेताहरुलाई प्राचार्य कार्की र प्रमुख अतिथि बस्ताकोटीले पुरस्कार वितरण गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू