आज पनि घट्यो सुनको मूल्य, प्रतितोला १ लाख ४९ हजार ७ सयमा कारोबार

एटुजेड समाचार

काठमाडौँ – नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज ४ सय रुपैयाँले मूल्य घटेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ रहेको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी यस दिन १८६५ रुपैयाँ कायम भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू