एनपीएल : आजको दोस्रो खेलमा सुदूरपश्चिम र चितवन भिड्दै

एटुजेड समाचार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। आइतबार दिउँसो १ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो भिडन्त सुरु हुनेछ। तीन जितसहित तालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिमसँग तेस्रो स्थानको चितवनले प्रतिस्पर्धा गर्न लागेको हो।

सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छ भने चितवन कुशल मल्लको कम्तानीमा छ। पहिलो खेलमा विराटनगरलाई ९० रनले हराएको सुदूरपश्चिमले दोस्रो खेलमा काठमाडौंमाथि ७३ रनको जित निकालेको थियो। तेस्रो खेलमा भने शनिबार लुम्बिनीलाई ४५ रनले हराएको छ।

अपराजित सुदूरपश्चिम ६ अंकसहित शीर्ष स्थानमा छ। जनकपुर र सुदूरपश्चिमको समान अंक भए पनि रनरेटका आधारमा सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा पुगेको हो।

यता, पहिलो खेलमा काठमाडौंविरुद्ध पाँच विकेटले विजयी भएको चितवनले दोस्रो खेलमा पोखरामाथि ८७ रनको शानदार जित निकालेको छ। तेस्रो खेलमा कर्णालीसँग एक बल बाँकी छँदा ६ विकेटले पराजित भएको चितवन आज अर्को जितको खोजीमा हुनेछ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू