साताको अन्तिम कारोबारमा १५.९३ अंकले घट्यो नेप्से

एटुजेड समाचार

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शेयर कारोबार हुने साताको अन्तिम दिन आज (बिहीबार) १५.९३ अंकले घटेको छ । बिहीबार ८ अर्ब ३६ करोड ९६ लाख ८७ हजार ४०२ रुपैयाँ बराबरको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता कारोबार हुँदा नेप्से दोहोरो अंकले घटेको हो ।

बिहीबार भएको कारोबारबाट नेप्सेको पुँजीकरणमा ०.५७ अंकले गिरावट आएको छ । आजको कारोबारमा जीवन बिमा र व्यापार समूह बाहेक सबै समूहका सुचकांक नकारात्मक देखिए ।

दुई बाहेक समूहको सूचक नकारात्मक देखिँदा पनि ४० वटा कम्पनीको शेयर मूल्य आज बढेको छ भने २०१ वटा कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ । त्यस्तैको आजको कारोबारमा ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आजको शेयर कारोबारमा खानीखोला हाइड्रोपावर कम्पनीका शेयर ट्रेडरले सबैभन्दा धेरै आम्दानी गर्न सफल भएका छन् भने सपोर्ट माइक्रो फाइनान्स लघुवित्तका ट्रेडरले सबैभन्दा धेरै गुमाएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू